सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

लोकपथ
78
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटको चाँडो टुंगो लगाउनका लागि बैठक बस्न लागेको हो । आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?