राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुँदै

लोकपथ
91
Shares

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितीको बैठक काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ । बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्बाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अवस्था बारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनितीक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिवेदन अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन , प्रदेश अध्यक्षहरुको प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने विषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथी आजैबाट टिप्पणी सुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रवक्ता सुरेश आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?