माओवादीका केन्द्रीय सदस्य यादवसहित ३२ जना एमालेमा प्रवेश

लोकपथ
5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादवसहित ३२ जना एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका नेता यादवसहित ३२ जनाले आज एमाले पार्टी कार्यालयमा गएर पार्टी प्रवेश गरेका हुन् ।

उनिहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर एमालेमा प्रवेश गरेको एमाले स्रोतले बताएको छ । यादव २०७४ सालको भदौमा माओवादीबाट स्वास्थ्य राज्य मन्त्री बनेका थिए । २०६९ साल नेकपा एमाले छोडेर माओवादी केन्द्रमा गएका यादव पुनः एमालेमा फर्केका हुन् । उनि २०४० सालदेखि एमालेलाई बलियो खम्बा बनाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउँदै पार्टीमा भएका विभिन्न समस्याका कारण पार्टी छोडेर माओवादी केन्द्रमा गएका थिए ।

उनि लामो समय एमालेमै रहेर काम गरेका हुन् । बीचमा केही समस्या उत्पन्न भएपछि एमाले छोडेर माओवादीमा गएका उनि । अब फेरि आफ्नो पुरानो घरमा फर्केको उनले बताए । म माओवादीमा रहिरहँदा मैले देखेको त्यहाँको अस्तव्यस्त अवस्थाले न कम्युनिष्ट आन्दोलनलाई, न त नेकपा माओवादी केन्द्रलाई नै बनाउँछ ।

कम्युनिस्ट आन्दोलनलाई हाक्न सक्ने, कम्युनिष्ट पार्टीलाई एकरूपता बनाउन सक्ने क्षमता नेकपा ऐमालेसँग मात्र छ उनले भने, ‘त्यसैले म एमालेमै पुनः फर्केको हुँ’ उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?