आज दिनभर : राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता, आम निर्वाचनमा छापिने भयाे चारथरीका मतपत्र

लोकपथ
143
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतवार)  नागरिकता विधेयक फिर्ता गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको हाे । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएकाे हाे ।

१. मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिन्हमात्र मतपत्रमा राखिने, प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चारवटा अलग–अलग मतपत्र छपाइने ।

२. सरकारले गर्यो सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा, कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित, बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम भने कायमै ।

३. नेकपा एमालेमा कहिल्यै नातावाद र कृपावादका आधारमा नेतृत्व चयन नहुने अध्यक्ष केपी शर्मा ओलीको भनाइ, राजनीतिमा सक्रिय भएर काम गरेकालाई मात्रै नेतृत्वमा लैजानुपर्नेमा जोड ।

४. पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच सहमति, चुनावमा एउटै घोषणा पत्र र चुनाव चिह्न प्रयोग गरिने ।

५. स्थानीय निर्वाचनमा १ लाख २० हजारभन्दा बढीले बुझाएनन् निर्वाचन खर्चको विवरण, विवरण नबुझाउनेलाई अबको निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाउने तयारी ।

६. प्रदेश प्रहरी समायोजन नभएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू धर्नामा, संविधानले दिएको अधिकार संघीय सरकारले हस्तान्तरण नगरेको भन्दै चरणबद्ध आन्दोलनमा ।

७. फोहोर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई योगेश भट्टराईको आग्रह, आफ्नो योजना लिएर आए मेयर शाहलाई पार्टीले सहयोग गर्ने प्रतिबद्धता ।

८. पछिल्लो २४ घण्टामा ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा थप ४५५ जनामा संक्रमण पुष्टि, ३०२ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु ।

९ नयाँ हिमालमा आरोहण अनुमति दिने सरकारको तयारी, पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानून र नियम तत्काल निराकरण गर्न सरकार तयार रहेको पर्यटनमन्त्री श्रेष्ठको भनाइ ।

१०. नेपालले भारतलाई पेट्रोलियम पदार्थ खरिदबापत ३१ अर्ब १६ करोड रूपैयाँ तिर्न बाँकी, पेट्रोलियम पदार्थको उधारो तिर्न दूतावासमार्फत नेपाल सरकारलाई भारतको आग्रह

११. लगातार पाँचौँ दिन सेयर बजारमा गिरावट, नेप्से परिसूचक २७.९२ अंकले घट्दा १ अर्ब ८७ करोडमा खुम्चियो कारोबार, सबै सूचक राताम्य ।

१२. इजिप्टको कोप्टिक चर्चमा भिषण आगलागी, ४१ जना भन्दा बढीको मृत्यु, घटनामा परि १४ जना घाइते ।

१३. पाकिस्तानमा मनसुनी वर्षासँगै आएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु, २६ जना घाइते ।

१४. श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानको सामना गर्ने, दोस्रो खेलमा नेपालले भारतसँग सेप्टेम्बर ९ मा भिड्ने ।

१५. इंग्लिस प्रिमियर लिग अन्तर्गतको फुटबल खेलमा आज चेल्सी र टोटेनहम भिड्दै, दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?