नबिल बैंकद्वारा वित्तीय पहुँचसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

लोकपथ
65
Shares

काठमाडौं । नबिल बैंकले ललितपुरको खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तिय साक्षरता प्रवर्द्धनमा केन्द्रीत रहेको बैंकले जानकारी दिएको छ ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरूको बारेमा विशेष प्रस्तुती दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न बैंक सधै तत्पर रहेको बताए । त्यस्तै, ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न बैंकसँग हातेमालो गर्ने बताएका छन् ।

नेपाल सरकारले अबलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिनबाट दिगो बैंकिङको सुरूवात गरेको हो । १७ वटा शाखाबाट सुरू गरेको दिगो बैंकिङ अन्तर्गत बैंकले हाल एक सय शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्तर्गत किसान कर्जा र उद्यमशील कर्जा मार्फत बैंकले पाँच सयभन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?