१७ आश्विन २०७९, सोमवार

दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या, मोटरसाइकलमा शव राखेर भारत पुर्‍याए

२०७९,श्रावण,२९,आईतवार २१:००

243
Shares

पर्सा । बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् ।

प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साईकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका–१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी भारत लगि छोडेको पटेल दाजुभाईले स्वीकारेका थिए ।

उनीहरुले शवलाई ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार २१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ ।

भैरहवा । लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दशै, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९