१७ आश्विन २०७९, सोमवार

प्युठानमा जीप दुर्घटना : नौ जना घाइते, दुई जनाकाे अवस्था गम्भीर

२०७९,श्रावण,२९,आईतवार १९:०८

72
Shares

दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार १९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत। कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती

काठमाडौं । खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा नजिकैको घुम्तीमा गुडिरहेको अवस्थामा बसमा अचानक

काठमाडाैं । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडा भ्रमणमा जाने भएका छन् । क्यानडाको ओटावामा असोज १९ र २० गते

काठमाडौं ।  गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौं

ताजा समाचार

घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००