नागरिकता विधयेक प्रमाणीकरण नहुनुकाे कारणबारे दुई अधिवक्ताले मागे सूचना

लोकपथ
416
Shares

नेपालगञ्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्बन्धमा सूचना माग गरिएको छ । नेपालगञ्जस्थित अधिवक्ता विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबार राष्ट्रपतिको कार्यालय शितलनिवास समक्ष सूचनाको माग गरेका हुन् ।

नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको तर हालसम्म पनि राष्ट्रपतिबाट के कारणले उक्त विधयेक प्रमाणीकरण नभएको हो भन्ने जवाफ नआएको भन्दै सूचना मागेका बुझिएको छ ।

तिवारी र चन्दले उक्त विधयेक कहिले प्रमाणीकरण हुने र कुन मितिमा हुने हो सोको पूर्ण जानकारी पाउँ भनेर सूचना माग गरिएका छन् । नेपालको संविधानको धारा २७ अनतर्गत सबैले थाहा पाउने अधिकार अनतर्गत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको छ ।

सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?