बालिका यौन दुर्व्यवहार घटनामा मानव अधिकार आयोगको चासो

लोकपथ
52
Shares

जुम्ला । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो देखाएको छ ।

आयोगको शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानव अधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित बालिकाकी आमा र प्रहरीसँग भेटेर ध्यानाकर्षण भएको जनाएको छ ।

साहनीका अनुसार आयोगले यो घटना गम्भीर फौजदारी अपराध हो । बालअधिकार हनन हुनुका साथै यौन दुर्व्यवहार भएकाले पीडितले न्याय पाउनुपर्ने आफूहरूको धारणा रहेको उनको भनाइ छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित व्यक्ति चन्दननाथ नगरपालिका ७ का ४८ वर्षीय प्रेमजंग ९प्रेमराजा० महतलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइछ ।

घटनाको विषय उठान गर्ने र समाचार सम्प्रेषण गर्ने पत्रकार र पीडित बालिका तथा उहाँकी आमाको पनि राज्यले उचित सुरक्षाको व्यवस्थापन गर्नुपर्ने सुझाएको आयोगका मानवअधिकार अधिकृत शाहीले बताए ।

यौन दुर्व्यवहार घटनाका आरोपित महतले एक महिनासम्म पटक पटक करणी गर्दै आएको पीडित बालिकाकी आमाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?