म्यादीमा महिला बढी आवेदक

नुवाकोट, ३० असोज- आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा दुई हजारभन्दा बढीले आवेदन दिएका छन् ।आवेदन भर्ने अन्तिम दिन आजसम्म दुई हजार ८१ जनाले आवेदन दिएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । आवेदक अधिकांश महिला भएको प्रहरीले जनाएको छ । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेको नुवाकोटमा म्यादी प्रहरी ९०० आवश्यक छ । आवेदकको अन्तिम छनोट कात्तिक १० गते गरी कात्तिक १२ गतेदेखि तालीम सञ्चालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?