अखिल क्रान्तिकारीले त्रिविलाई भन्यो : ‘शैक्षिक प्रमाणपत्र बल्खुबाट क्याम्पस क्याम्पसमै पठाउ !’

लोकपथ
203
Shares

काठमाडौं । माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयले बल्खुबाट दिँदै आएको प्रमाणपत्र स्थानीय कलेजमै पठाउन माग गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै बल्खुबाट नभइ हरेक जिल्लामा विकेन्द्रित रुपमा क्याम्पसहरुबाट नै प्रमाणपत्र बितरण गरिनुपर्ने माग गरेकी हुन् ।

यस अघि त्रिवि उपकुलपति कार्यालयलाई ज्ञापन पत्र दिँदै माग गरिएको विषयलाई माओवादी(केन्द्र)निकट अखिल(क्रान्तिकारी)ले यस्तो माग दोहोर्याएको हो ।

महिना दिन बितिसक्दा पनि ‘हुबहु’ दोहोरिएको प्रश्नपत्र छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको, स्थानीय रुपमा शैक्षिक प्रमाणपत्र वितरणको प्रकृया अघि नबढाएको भन्दै अखिल(क्रान्तिकारी)अध्यक्ष संहले विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग अघि सारेको हो ।

प्रश्न पत्र गैरजिम्मेबार रुपमा दोहोर्याएको विषयमा पनि उसले छानविन र दोषीलाई सार्वजनिक गर्न र दण्डित गर्न समेत माग गरेको छ ।

दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?’ अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ, ‘सत्य तथ्य बाहिर ल्याउन गठित समिती स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन?’

आज छानविन समिति माथि नै छानविन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको छ भन्दै उक्त संगठनले यसअघि आफूहरुले बुझाएको १८ बुदे मागबारेपनि अखिल क्रान्तिकारीले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?