२१ जेष्ठ २०८०, आईतवार

चलचित्र ‘कृष्ण–लीला’ टोलीले चितवनमा कन्सर्ट गर्ने

२०७९,श्रावण,२९,आईतवार १७:०१

0
Shares

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कृष्ण–लीला’ को टोलीले चितवनमा कन्सर्ट गर्ने भएको छ । चलचित्र निर्माता टोलीले जनाएअनुसार ‘कृष्ण लीला’ का कलाकारहरुसहितको टोलीले साउन ३१ गते कन्सर्ट गर्न लागेको बताइएको छ ।

प्रदर्शन मिति नजिकँदै जाँदा प्रचार प्रशारको दौडमा लागेको निर्माता टोलीले मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताएका छन् ।

ओएसीस एजुकेशन (अष्ट्रेलीयन भिसा स्पेशलिष्ट) को प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा ‘कृष्ण लीला’ का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात् अभिनेत्री श्रद्धा क्षेत्री,‘पासाङ’ अर्थात् बुद्धि तामाङ, ‘राम भरोस’ अर्थात् रबिन्द्र झाका साथमा यसै फिल्मको सुपरहिट गीत ‘ए मेरो हजुर’ का गायक रबि ओड र गायिका सुनीता कार्की,कोरियोग्राफर माइकल चन्द, निर्देशक दीपक ओली, लेखक लक्ष्मण सुवेदी,प्रस्तुतकर्ता रोहित कट्टेल,कार्यकारी निर्माता रत्न श्रेष्ठलगायतको टोलीले चितवनवासीलाई झुमाउने छ ।

चितवनका दर्शकहरुको मागलाई ध्यानमा राखेर पहिलो कन्सर्ट त्यहाँ गर्न लागिएको र समय मिलेसम्म देशका अन्य शहरमा समेत कन्सर्ट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा पुष्प, श्रद्धा, बुद्धि, रबिन्द्रका साथमा हिउँवाला गौतम, नवीन रेग्मीलगायत थुप्रै कलाकारले अभिनय गरेका छन् । शिब ढकालको छयाङ्कन रहेको फिल्मको ‘त्यो कथामा’ र ‘ए मेरो हजुर’ गीत अहिले निकै चर्चित छन् ।

रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सह–निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । गीतसंगीत,पोस्टर अनि ट्रेलरबाट समेत चर्चा पाएको र चासोका कारण ‘कृष्ण लीला’ लाई यो वर्षको प्रतिक्षीत फिल्मका रुपमा राखिएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२९,आईतवार १७:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरोको मुम्बई जोनलका पूर्व निर्देशक समीर वानखेडेलाई ज्यानमार्ने धम्की आएको छ । पूर्व निर्देशक वानखेडे घुसखोरी

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने

काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१