पुनः एकीकरण कार्यक्रमलाई तत्काल कार्यान्वयनमा ल्याइनेछ : मन्त्री कुँवर

लोकपथ
65
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन् । आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगार दाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए । मन्त्री कुँवरले वैदेशिक रोजगारबाट फर्किएका तर, पूँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए ।

मन्त्री कुँवरले भने, ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैर सहकारी संस्थाहरुलाई पनि जोडेका छौं । वैदेशिक रोजगार दाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ । विदेशबाट फर्किएकाहरुसँग पूँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन । वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग अन्तक्रिया गरेर अगाडि बढ्नुपर्छ ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?