काठमाडौं-९ मा डा. बस्नेतले स्वतन्त्र उम्मेदवारी दिने, को हुन् उनी ?

लोकपथ
1.5k
Shares

काठमाडौं । गत स्थानीय तहको निर्वाचन पछि नेपाली राजनीतिमा स्वतन्त्र उमेदवारहरुको संख्या बढ्दो छ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि अहिले धेरै स्वतन्त्र उम्मेद्वारहरुको लामो सूची छ ।

त्यस्तै, त्यही सूचीमा अटाएको एक नाम हो– डा. ज्ञान बस्नेत । संवाहक आफै बन्नुपर्छ, परिवर्तन सम्भव छ भन्ने उदेश्यसहित उनले काठमाडौं क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । उनी अधिवक्ता तथा कानूनका विशेषज्ञसमेत हुन् ।

दलियतन्त्रले सिर्जना गरेको भयावह राजनीतिक विकृती र भागबण्डाका विरुद्धमा आफूले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन लागेको डा. बस्नेत बताउँछन् ।

May be an image of 1 person and text that says ""अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ हाम्रो साझा सपनाहरु हामी आफै तय गर्नु पर्छ" प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेंदवार काठमाडों क्षेत्र नं ९ संस्कारको राजनीतिको वकालत र सूत्रपातको लागी डा.ज्ञान बस्नेत (पि.एच.डी,कानून,बेलायत) कानून, बेलायत)"

‘युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको विरुद्ध आफ्ना ११ बुँदे एजेण्डासहित जनतामाझ जाँदैछु,’ उनले भने ।

भोजपुरमा जन्मिएका डा. बस्नेतले त्रिभुवन विश्वविद्यालय र बेलायतको ल्यान्केस्टर विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । साथै, ल्यान्केस्टरबाटै मानव अधिकारमा विद्यावारिधी समेत गरेका छन् । उनी मानव अधिकारको विषयमा विद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्ति पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?