अबको निर्वाचनमा प्रचण्ड र बाबुराम एकैठाउँमा

लोकपथ
247
Shares

काठमाडौं । माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच चुनावी तालमेलको बारेमा सहमति भएको छ ।

पटकपटकको छलफलपछि माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको डा. भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले लोकपथलाई जानकारी दिए ।

नेसपाका केन्द्रीय सदस्य समेत रहेका पोखरेलले आगामी निर्वाचनमा चुनाव चिह्न समेत एकै बनाएर जाने विषयमा समेत छलफल भएको भइरहेको बताए ।

आगामी निर्वाचनमा नेसपाको पनि माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हसिँया हथौडा नै हुनेबारे समेत छलफल भइरहेको छ । तर चुनाव चिह्नको विषयमा समेत छलफल भइरहेको उनले बताए । सो विषयमा नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताए ।

‘चुनावी तालमेलको सहमति भएको हो । चुनाव चिह्नको विषयमा छलफल भइरहेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले त्यसलाई पारित गरेपछि मात्रै सो विषयमा निर्णय हुन्छ ।’ पोखरेलले लोकपथसँग भने ।

बाबुरामको पार्टी नेसपा समेत माओवादीसँग मिल्ने भएसँगै आगामी निर्वाचनमा ६ दलीय गठबन्धन हुने भएको हो ।

तत्कालिन जनता समाजवादी पार्टीसँग छुट्टिएर भर्खरै नयाँ दल दर्ता गरेका भट्टराईले आागमी निर्वाचनमा तालमेल गरेर जानका लागि छलफलमा जुटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?