प्रतिनिधिसभाबाट बीमा विधेयक पारित

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधिसभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभा बैठक अहिले जारी छ ।

हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?