काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद पुष्पाकुमारी कर्ण कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरु प्रशारण गर्न माग गरेकी छिन् ।
आज (आइतबार) प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कायस्थले रेडियो नेपालको केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताएकी हुन् ।
उनले बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रीय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको बताइन् । सांसद कायस्तले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने उल्लेख गरिन् ।
उनले सांसदहरु सहितको उच्चस्तरिय आयोग गठन गरी समस्याग्रस्त विश्वविद्यालयहरुको समस्या र आवश्यकता पहिचान गरी तत्काल समस्याको समाधान गर्नुपर्ने पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया