गर्भवती हुने मन छ ? पहिला यसो गर्नुस्

एजेन्सी – के तपाईं महिला हुनुहुन्छ ? गर्भवती हुने मन छ ? स्वस्थ गर्भधारणका लागि जीवनशैली पनि स्वस्थ हुनु जरुरी छ ।त्यसैले गर्भवती हुने योजना बनाउनुअघि चिकित्सकसँग सल्लाह र आफ्नो जाँच गराउनु पर्छ । गर्भधारण गर्न कुनै मेडिकल समस्या भए समाधान निकाल्न सजिलो हुन्छ ।स्वास्थ्य जाँचबाट तपाईं शारीरिक र मानसिक रुपमा गर्भधारणका लागि तयार हुनुहुन्छ भन्ने सुनिश्चित हुनेछ । यस्तै बच्चा पैदा गर्न महिलाको डिम्ब डिम्बासयबाट निस्किएको २४ घण्टाभित्रै फर्टिलाइज हुनुपर्छ । पुरुषको शुक्राणु महिलाको प्रजनन अंगमा ४८ देखि ७२ घण्टासम्म मात्रै जीवित रहन सक्छ ।बच्चा पैदा गर्न डिम्ब र शुक्राणुको मिलन हुनुपर्छ । त्यसैले अण्डोत्सर्गका क्रममा कमसेकम ७२ घण्टामा एक पटक सेक्स गर्नैपर्छ । यसरी सेक्स गर्दा पुरुष महिलाको माथि हुनुपर्छ । अन्यथा शुक्राणु चुहिने सम्भावना रहन्छ ।साथै, पुरुषले ४८ घण्टामा एक पटकभन्दा बढी वीर्यस्खलन गर्नु हुँदैन । अन्यथा, उसको शुक्राणु संख्या निकै तल आउन सक्छ र निषेचन गर्न पर्याप्त नहुन सक्छ । सेक्सका क्रममा यदि अत्यधिक तापक्रममा शुक्राणु निस्कियो भने त्यो मृत हुन सक्छ । त्यसैले अण्डकोष, जहाँ शुक्राणु निर्माण हुन्छ, लाई गर्मीबाट जोगाउनुपर्छ । चाँडै गर्भधारणका लागि फोलिक एसिडयुक्त चिज सेवन गर्नुस् । दालमा फोलिक एसिड र प्रोटिन पाइन्छ । हरियो पत्तेदार सागले तपाईंलाई तन्दुरुस्त बनाउन मात्र सहयोग गर्दैन, गर्भधारणमा पनि मद्दत गर्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?