खुमन र आशाको ‘मेरो परानलाई’ युट्युब ट्रेण्डिङमा

लोकपथ
91
Shares

काठमाडौं । गायक खुमन अधिकारी र गायिका आशा बि.सीको स्वरमा सजिएको ‘मेरो परानलाई’ बोलको तीज गीत निरन्तर युट्युब ट्रेण्डिङमा परिरहेको छ । गीतको भिडियोलाई खुमन अधिकारी युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो ।

विक्रमबाबु विश्वकर्माको शब्द तथा अधिकारीकै संगीत रहेको गीतमा बिनोद बाजुरालीको एरेन्ज, खडक बाजुरालीको अडियो सम्पादन, सागर बाजुराली र गोविन्द पराजुलीको रेकर्डिङ रहेको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रुपा सिंजाली, प्रेमा राना, राजेन्द्र बाजुराली र गोविन्द पराजुलीले संयुक्त आवाज दिएका छन् ।

त्यस्तै, गीतको भिडियोतर्फ जेरी भण्डारीको कोरियोग्राफि तथा निर्देशन रहेको छ । भिडियोमा मोडल अञ्जली अधिकारी, खुमन अधिकारी र अभिषेक खड्कालाई फिचरिङ गरिएको छ ।

भिडियोलाई दुर्गा पौडेलले छयाङ्कन गरेका हुन् भने नविन घर्तीमगरको सम्पादन तथा कलर रहेको छ ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?