मैले गरेका कामको प्रचार गर्न सकिन : प्रकाशमान सिंह

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले आफूले गरेका कामका बारेमा प्रचार गर्ने नसकेको बताएका छन्।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ मा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

विभिन्न परिवर्तनको नेतृत्व गरेको पार्टी जसका विषयमा जनताले अनुभुति गराउने गरि छलफल चलाउन पर्ने बताएका छन्।

राजनीति परिवर्तन आईसकेकाले अब जनताले अनुभुत हुने गरि आम नागरिकको जीवन सहज हुने गरि आर्थिक सम्पन्नता तर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन् ।

त्यसैगरी जनताले जनआादेशको अवमूल्यन गर्ने अहिले परमादेशको कुरा गर्नु गलत भयको भन्दै कांग्रेस अरु पार्टी जस्तो जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै परिस्थितिलाई समाल्दै अगाडि बढेको बताए।

त्यस्तै कांग्रेसले अब आर्थिक सम्पन्नताको अभियानका कार्यक्रमसहितको एजेण्डा लिएर जनतामा जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?