सिरी ए : एसी मिलान र इन्टर मिलान विजयी

लोकपथ
91
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबल शनिबारबाट सुरु हुँदा साबिक विजेता एसी मिलान र उपविजेता इन्टर मिलानले विजयी सुरुवात गरेका छन् ।

पहिलो खेलमा मिलानले उडिनेसलाई ४-२ ले हरायो । मिलानको जितमा एन्टी रेबिकले दुई तथा थियो हर्नान्डेज र ब्राहिम डियाजले एक-एक गोल गरे । उडिनेसका रोड्रिगो र एडम मासिनाले सान्त्वना गोल गरे ।

यस्तै, अर्को खेलमा इन्टर मिलाएनले लेचीलाई २-१ ले हरायो । इन्टरको जितमा रोमेलु लुकाकु र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । लेचीका लागि एसन सिसेले एक गोल फर्काए ।

यस्तै, टोरिनो र एटलान्टाले समेत आआफ्नो खेलमा तीन अंक जोडेका छन् । टोरिनोले मोन्जालाई २-१ र एटलान्टाले साम्पडोरियालाई २-० ले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?