काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर गगन समूहका युवा नेताहरुले ध्यानाकर्षपत्र बुझाउँदै उक्त सुझाव दिएका हुन् ।
युवा नेताहरुले पछिल्लो समय भातृ संस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफु अनुकूलका व्यक्तिहरुलाई मनोनयन गरेपछि आफ्नै समूहका नेताहरुले त्यसको विरुद्ध ठोस कदम नचलाएको आरोपसमेत लगाएका छन् । उनीहरुले आफ्नै समूहका नेताहरुलाई घचघच्याई वर्तमान पार्टी नेतृत्वको विरुद्धमा रचनात्मक विद्रोह गर्न तयार रहेको महाधिवेशन प्रतिनिधि निरञ्जन थापाले बताए ।
सोही क्रममा शनिबार लामो समय विद्यार्थी राजनीति गरेका र अहिले नेपाली कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले शेखर कोइराला लगायतका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा.रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य नेका हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण बुझाउनेहरूमा निरञ्जन थापा, लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङ छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया