शेखर–गगन समूहको भेला : न्यायोचित व्यवहार नभए ४० प्रतिशतको भागवण्डा

लोकपथ
338
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहका नेताहरुले आज (शनिबार) छलफल गरेका छन् । उनिहरुले सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै राष्ट्रिय भेलाको पूर्व तयारी बमोजिम भेला गरेका हुन् ।

काठमाडौंको बत्तीशपुतलीमा कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा दोस्रो तहका नेता सम्मिलित भेला सम्पन्न भएको हो । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम,प्रकाश स्नेही, मधु आचार्य लगायत ८० जनाको उपस्थितिमा रहेको थियो ।

भेलामा सहभागी सम्पूर्ण वक्ताहरुले नेतृत्व एकलौटी ढंगबाट अघि बढेको बताउँदै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् । भेलाको संयोजन गरेका नेता केसीका अनुसार ‘आठ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि पार्टी सभापति शेरबहादुर देउवाले समेटेका छैनन् ।

राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनियन, भातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगर्ने र नसमेटिनुमा उनको गुनासो छ ।’

सिंहले थप्दै ‘यसबाट आफूहरु आगामी संसदीय निर्वाचनमा पनि देउवाबाट न्यायोचित निर्णय नहुने भए भागवण्डामा जानुपर्ने बताए । ‘न्यायोचित निर्णय हुँदैन भने ४० प्लस चाहियो’ केसीले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडी बढाएकोभए यो विवाद नआउने र अब अस्तित्वको लडाइ लड्नुपर्ने स्थिती आएको छलफलमा सहभागिहरुले बताए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?