ओली र लिङ्देनबीच भेटवार्ता, चुनावी तालमेलका विषयमा छलफल

लोकपथ
312
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । दुई अध्यक्षबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बुझिएको छ । चुनावी तालमेलका लागि राप्रपाले सबै पार्टीहरुसँग वार्ताको ढोका खुल्ला गरेको पनि राप्रपाले जनाएको छ ।

राप्रपाका एक नेताले भने अनुसार पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चुनावमा कसरी जाने भन्ने विषयमा थप निर्णय गर्ने बताए । उनले तालमेल र सहकार्यका बिषयमा पार्टीभित्र सामान्य संवाद सुरु भएको तर टुंगोमा पुगिनसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?