ट्याटुको साइड इफेक्ट : ब्लड इन्फेक्सनदेखि क्यान्सरसम्म

लोकपथ
455
Shares

काठमाडौं । पछिल्लो समय युवायुवतीहरुमा ट्याटुको क्रेज बढ्दो छ । शरीरमा ट्याटु बनाउने चलन सन् १८०० बाट सुरु भएको मानिन्छ । शरीरमा आफूलाई मन पर्ने जनावर, मन्दिर, यतिसम्मकी मनपर्ने मानिसहरुको ट्याटु बनाउनेसम्मको प्रचलन छ ।

ट्याटुलाई अहिले फेसनको एक हिस्सा मानिन्छ । विशेष गरी पश्चिमी देशहरूमा मानिसहरूले शरीरको अधिकांश भाग ट्याटुले रंगाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यो फेसन तीव्र गतिमा बढ्न थालेको छ ।
तर के तपाईलाई थाहा छ ? ट्याटु बनाउदा गरिने लापरवाहीले ज्यान जोखिममा पार्न सक्छ । केही व्यक्तिको शरीर ट्याटुको लागि उपयुक्त हुँदैन, त्यसैले ट्याटु बनाउनु अघि यसको जोखिम बारे जान्न धेरै महत्त्वपूर्ण छ ।

कैंसर सहित कई त्वचा रोगों की वजह हो सकती है टैटू के लिए इस्तेमाल की जाने  वाली स्याही | Jansatta

भारतको वाराणसीमा करिव ३–४ जनामा एचआईभी संक्रमण पुष्टि भयो । कुनै यौन क्रियाकलापमा संलग्न नभएका उनीहरुमा एचआईभी संक्रमण कसरी भयो भन्ने अनुसन्धान गर्दा उनीहरुले केही समय अघिमात्रै ट्याटु बनाएको खुल्यो ।
ट्याटु बनाउन प्रयोग गरिने सुईमा संक्रमण भएको र ध्यान नदिइएको कारण उनीहरुमा एचआईभी संक्रमण भएको मेडिकल रिपोर्टले पनि देखायो ।

यस्ता सानासाना कुरामा ध्यान नदिदाँ ज्यानसम्म जाखिममा पर्ने गरेको धेरै उदाहरणहरु छन् ।

छाला क्यान्सरको जोखिम : 

ट्याटु बनाउँदा छालाको क्यान्सरको जोखिम हुन्छ कि हुन्न ? यो ट्याटु बनाउने हरकोहीको मनमा उठ्ने प्रश्न हो । अनुसन्धानकर्ताहरूका अनुसार ट्याटुले छालाको क्यान्सर निम्त्याउँने भन्ने होइन तर ट्याटु बनाउन प्रयोग गरिने मसीमा केही तत्वहरू हुन सक्छन् जसले क्यान्सर निम्त्याउन सक्छ ।

ट्याटु बनाउँदा प्रयोग गरिने कालो मसी विशेष गरी खतरनाक हुन सक्छ किनभने यसमा उच्च स्तरको बेन्जो (ए) पाइरेन हुन्छ। इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले यो पाइरेनलाई क्यान्सरको कारक तत्व मानिएको छ । ट्याटु बनाउँदा रंग र यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ ।

हेपाटाइटिस र रगतजन्य रोगको जोखिम : 

ट्याटुका कारण रगतजन्य रोगको जोखिम पनि ठूलो प्रश्न बनेको छ । धेरै मानिसहरुले ट्याटु बनाउदा सुई नफेरि बनाउने गरेको पाइन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । किनभने अरुले प्रयोग गरिसकेको सोही सुईले ट्याटु बनाउँदा विभिन्न छालाका रोग र रगतमा भएका रोगहरु सर्न सक्छ ।

एक पटक प्रयोग भइसकेको सुईको फेरि प्रयोग गर्दा हेपाटाइटिस र एचआईभी जस्ता संक्रमणको जोखिम बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?