कांग्रेसले ८० सिटसम्म मान्नेमा प्रचण्डको विश्वास

लोकपथ
390
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ८० सिटसम्ममा मान्ने बताएका छन् । आज शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल गर्दै अध्यक्ष प्रचण्डले सोकुरा बताएका हुन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको पार्टीका एक नेताले बताए । उनले बताएअनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेको र नेपाली कांग्रेस लगायतका दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएका थिए ।

अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राखेको उनले बताएका छन् । प्रचण्डले बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गरेको पनि पार्टी स्रोतले जनाएको छ ।

बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?