साताकाे सेयर बजार : नेप्से दुई हजार ३७ अंकमा, पाँच दिनमा १२ अर्ब चार करोडको सेयर किनबेच

लोकपथ
156
Shares

काठमाडौं । यो साता सेयर कारोबार रकम गत साताको तुलनामा निकै नै घटेको छ । गत साता २३ अर्ब भन्दा बढीको सेयर किनबेच भएको नेप्सेमा यो साता कारोबार रकम घटेर १२ अर्बमा खुम्चिएको छ । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँँच कार्य दिन मात्र खुल्नु र खुलेको दिनहरुमा पनि नेप्से लगातार ओरालो लाग्नुले यो साता सेयर कारोबार रकम गत साताको तुलनामा घटेको हो ।

सोही आधारमा यो साता नेप्से दुई हजार ३७ दशमलव ९२ अंकमा खुम्चिएको छ भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव ६७ अंकमा खुम्चिएको छ । दुुई सय २३ वटा कम्पनीहरुको यो साता दुई लाख सात हजार चार सय ७३ पटक सेयर कारोबार भएको छ । जसबाट तीन करोड दुई लाख १९ हजार चार सय ५३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट सातामा १२ अर्ब चार करोड २० लाख ९८ हजार नौं सय ७७ रुपैंयाँको रकम कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा निकै कम हो ।

नेप्सेमा गत साता भने दुुई सय २० वटा कम्पनीहरुको तीन लाख ३९ हजार नौं सय ७६ पटक सेयर किनबेच भएको थियो । जसबाट पाँच करोड ४१ लाख ९९ हजार पाँच सय ३१ कित्ता सेयर किनबेच हुुंदा कुल कारोबार रकम २३ अर्ब ४२ लाख ६३ हजार एक सय छ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो दिन नेप्से बढेपनि बाँकी दिनहरुमा लगातार नेप्से घटेको थियो ।

कारोबार खुलेको पाँच कार्य दिन मध्ये पहिलो दिन १० दशमलव २७ अंकले बढेर २१ सय २३ दशमलव ८२ अंकमा पुग्न सफल भएको नेप्से दोस्रो दिन भने १७ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय छ दशमलव १५ खुम्चिएको थियो । तेस्रो दिन पुन ४३ दशमलव ३५ अंकले घटेर दुई हजार ६२ दशमलव ८० अंकमा झरेको नेप्से चौंथो दिन पनि पाँच दशमलव ९१ अंकले घटेर दुई हजार ५६ दशमलव ८८ अंकमा खुम्चिएको थियो । यसैगरी पाँचौं दिन पनि नेप्से १८ दशमलव ९६ अंकले घटेर दुई हजार ३७ दशमलव ९२ अंकमा खुम्चिएको थियो भने छैंठो दिन सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

यो साता पहिलो दिन तीन दशमलव एक अंकले बढेर चार सय नौं दशमलव ५५ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने तीन दशमलव ४४ अंकले घटेर चार सय छ दशमलव ११ अंकमा झरेको थियो । तेस्रो दिन पुन आठ दशमलव ६८ अंकले घटेर तीन सय ९७ दशमलव ४३ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन एक दशमलव ६८ अंकले घटेर तीन सय ९५ दशमलव ७५ अंकमा खुम्चिएको थियो । पाँचौं कारोबार दिन पनि सेन्सिटिभ इन्डेक्स चार दशमलव आठ अंकले घटेर तीन सय ९१ दशमलव ६७ अंकमा खुम्चिएको थियो ।

यो साता शिवम सिमेन्ट, नबिल बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्रालि आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

यस्तो रह्यो यो साता दैनिक सेयर कारोबार (संख्या र रुपैयाँमा)

दिन                        कम्पनी संख्या                   कारोबार संख्या                 कित्ता                  कारोबार रकम
पहिलो दिन                  २१९                                   ४४२४०                    ६१०६५२१             २६७३३३८२३२
दोस्रो दिन                    २१४                                  ४४५५३                     ६५२७४१४            २८५७०७२९६१
तेस्रो दिन                      २२२                                 ४६२८९                      ६६४६०३६            २८१५१४४५९८
चौंथो दिन                      २१८                                 ३६१३४                       ४६४०८४४           १९३५५२०१४७
पाँचौं दिन                      २२३                                 ३६२६४                       ६२९८६३८           १७६१०२३०३९
छैठो दिन सार्वजनिक बिदा
कुल                                                                     २०७४७३                     ३०२१९४५३        १२०४२०९८९७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?