उम्मेदवार सिफारिस गर्न कमिटीलाई परिपत्र गर्ने कांग्रेसको निर्णय

लोकपथ
234
Shares
sf7df8f}F, @* df3 . k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb’/ b]pjfsf] cWoIftfdf z’qmaf/ nlntk’/l:yt ;fg]kfdf a;]sf] g]kfnL sfFu|]; s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] a}7sdf ;xefuL . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको हो ।

आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिकको टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ ।

बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?