१७ मङ्सिर २०७९, शनिवार

सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैन : गगन थापा

२०७९,श्रावण,२८,शनिवार ११:२५

117
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे । उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुदद भएको बताए ।

महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताए । उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताए ।

महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताए। उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए।

महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको बताए। उनले स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचना भित्रको महत्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने बताए ।

प्रकाशित मिति: २०७९,श्रावण,२८,शनिवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व सञ्चारकर्मी रवी लामिछानेलाई सञ्चारकर्मी प्रेम बानियाले सुझाव दिएका छन् । हालै सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीवार भएको भेवार्ताका विषयमा एमाले नेता डाक्टर

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७