काठमाडाैं : नेपाली पूँजीबजारमा विभिन्न ७ कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख २ हजार ४८१ रूपैयाँ बराबरको हकप्रद शेयर थप्ने भएका छन् ।
बिमा, लघुवित्त, जलविधुत र अन्य समूहका गरि ७ कम्पनीले अाफ्ना शेयरधनीका लागि हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
२०७४ सालदेखि नै हकप्रदका लागि अावेदन दिएका अपी पावर र श्रीराम सुगर मिल्सले अझैसम्म यो अनुमति पाएका छैनन् । यी कम्पनीले अावश्यक प्रकृया पुरा नगर्दा नियामक बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छैन ।
| कम्पनीको नाम | अनुपात | कित्ता |
|---|---|---|
| श्रीराम सुगर मिल्स | १:३ | ८९,०३,९४९.८१ |
| बरूण जलविधुत कम्पनी | १:१ | २५,५१,५०० |
| माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था | २:१ | ३,००,००० |
| एभरेष्ट र्इन्सुरेन्स (प्रमोटर) | १:१.०५ | १४,०३,३२५ |
| किसान मार्इक्रोफार्इनान्स | २:१ | २,४०,२५० |
| अपी पावर कम्पनी | १:२ | २,१०,००,००० |
| उन्नती मार्इक्रोफार्इनान्स | ५:१ | १,१०,००० |
| जम्मा | – | ३,४५,०९,०२४ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया