प्रभु बैंक र होटल ग्राण्ड साम्बालाबीच आकर्षक छुट सम्झौता

लोकपथ
91
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा.लि.मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रालि का तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङद्वारा हिजो सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त प्रा. लि.बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल ग्राण्ड साम्बाला प्रा. लि. मुक्तिनाथद्धारा सञ्चालित ‘फुड’,’वेभरेज र ‘लजिङ्ग’ सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।

सम्झौताअन्तर्गत होटल ग्राण्ड साम्बाला प्रा. लि. मुक्तिनाथमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बाला प्रा. लि.का सेवाहरुमा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?