१० आश्विन २०७९, सोमवार

बन्द प्रशिक्षणबाट बाहिरिए पन्ध्र खेलाडी

२०७९,श्रावण,२७,शुक्रवार २०:०८

117
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडि बाहिरिएको जनाएको छ । बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको एन्फाले जनाएको हो ।

अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । यससँगै अब यू–१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन् ।

श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन् । यस्तै, यु–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ ।

त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार २०:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौं । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १–० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल

काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेले आफ्नो स्वास्थ्य अवस्थाका कारण नेपाल आउन नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८