लोकपथ टप फिप्टिन : जनैपूर्णिमाकाे राैनकदेखि मिटरब्याजी पीडितसँग सरकारकाे वार्तासम्म

लोकपथ
130
Shares

१. कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर गरिन् आत्मदाहको प्रयास, पेट्रोल छर्किएर शरीरमा आगो लगाउन खोजेकी उनलाई प्रहरीले बचायो ।

२. नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, शनिबार बस्ने बैठकमा चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदललाई पार्टीको अडान र दृष्टिकोणका बारे थप स्पष्ट पारिने ।

३. मुलुकमा युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागी गराउनुपर्नेमा जोड ।

४. नेपालमा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुग्यो ।

५. मिटरब्याजी पीडितहरूसँग सरकारले थाल्यो वार्ता, मिटरब्याजी अपराध नियन्त्रणका लागि गृहमन्त्रालयका सह–सचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन ।

६. संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’, विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपतिलाई नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको आग्रह ।

७. सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल ।

८. आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरी नयाँ जनै तथा नाडीमा डोरो लगाएर मनाए, गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास ।

९ . बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो, यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १२ सयले वृद्धि, अत्याधिक चाप वा दैनिक कोटा सकिएमा अर्को मितिको लागि आवेदन दिन सकिने ।

१०. साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्न रियादस्थित नेपाली दूतावासको निर्देशन ।

११. भदौ ५ गतेदेखि ५० जिल्लामा १२ वर्ष मुनिका बालबालिकालाई कोभिडविरुद्ध खोप लगाइँदै, भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी ।

१२. चीनमा देखियो ल्यांग्रा भाइरस, छुचुन्द्रोबाट सर्ने ल्यांग्राबाट ३५ जनामा संक्रमण, संक्रमितहरूमा ज्वरो, थकान र खोकीजस्ता लक्षण देखियो ।

१३. अफगानिस्तानको काबुलमा आत्माघाती विष्फोटबाट तालिवानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु, विस्फोटको संयुक्त राष्ट्र संघद्वारा निन्दा, विस्फोटमा परी एक सय २० भन्दा बढी मानिसको मृत्यु ।

१४. जिम्बावेविरुद्धको एकदिवसीय सिरिजका लागि भारतीय टिम घोषणा, टिमको कप्तानी केएल राहुलले सम्हाल्ने ।

१५. नोभेम्बर–डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सर्यो, नोभेम्बर २० मा कतार र इक्वेडरबीच उद्घाटन खेल हुने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?