१० आश्विन २०७९, सोमवार

सूरु भयो गाईजात्रा, भक्तपुरमा मनाइयो घिन्ताङ्घिसी नाच

२०७९,श्रावण,२७,शुक्रवार २०:०२

72
Shares

काठमाडौं । काठमाडौं उपत्यका एवम् देशभर नै आजबाट गाईजात्रा पर्व मनाउन थालिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ गरिँदै छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन, जनतालाई आ–आफ्नो घरका मृत्युवरण गरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको इतिहास छ ।

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले शुरु गरेको ठानिन्छ । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् । भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिन्छ ।

आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रश्तुति दिने परम्परा भएपनि बिस्तारै त्यो लोप हुन थालेको छ । नेवार समुदायको बसोवास रहेका देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइने गरेको छ । काठमाडौं उपत्यकाकै विभिन्न शहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन् । जसमध्ये एउटा भक्तपुरको घिन्ताङ्घिसी नाच पनि हो ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार २०:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसारका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतवार घर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८