१० आश्विन २०७९, सोमवार

राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न ‘फोर एच’ नेपालको माग

२०७९,श्रावण,२७,शुक्रवार २०:३५

54
Shares

काठमाडौं । राजनीतिमा युवाको सहभागिता सुनिश्चित गर्न फोर एच नेपालले सरकार समक्ष माग गरेको छ । आज (शुक्रवार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले एक प्रेस नोट जारी गर्दै राज्यका सम्पूर्ण निकायमा युवाको सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको हो ।

जारी गरिएको वक्तव्यमा नेपालमा युवाको राजनीतिक तथा नीति निर्माण तहमा सहभागिता, पहुँच तथा नीति निर्माणमा उपस्थिति न्यून रहेको उल्लेख गरिएको छ । राजनीतिक पार्टी भित्र संसदीय निर्वाचन, सरकारी नियुक्ति, संवैधानिक नियुक्ति तथा विभिन्न सार्वजनिक पदहरुमा उमेरका आधार विभेद गरिएको वक्तव्य मार्फत भनिएको छ ।

त्यसैले, कानुनी, राजनीतिक, सामाजिक, साँस्कृतिक तथा परम्परागत रुपमा उमेरलाई आधार मानी युवाको सहभागिता, नेतृत्व, पहुँच तथा उपस्थितिलाई अवरोध सिर्जना गरिएको भन्दै फोर एच नेपालले सरकार तथा सरोकारवाला निकायसँग युवाको सहभागिता सुनिश्चितताको लागि ध्याानाकर्षण गराएको हो ।

पाँच बुदेंमा माग सहित फोर एच नेपालले हाल नेपालमा बालिग मताधिकारको उमेर १८ बाट घटाई १६ वर्ष कायम गर्नु पर्ने र संघीय, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नका लागि बढीमा २१ वर्ष कायम गर्नु पर्ने माग अघि सारेको छ । दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्नका लागि युवा सहभागिता सहितको विशेष कार्यक्रम तय गरिनु पर्ने तथा राजनीतिक दलभित्र युवामाथिको विभेद अन्त गरी युवा सहभागिता सुनिश्चित गर्नु पर्ने भनिएको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा संवैधानिक नियुक्ति, सार्वजनिक पद, उच्च राजनीतिक नियुक्ति तथा अन्य सार्वर्जनिक पदका लागि कायम गरिएको उमेर हदबन्दी हटाई युवाको पहुँचका लागि संवैधानिक तथा कानुनी संशोधन गर्न भनिएको छ । कोभिड १९ पछि युवाले भोग्दै आएको मानसिक समस्या, बेरोजगारी, प्रजनन स्वास्थ्यको समस्या तथा अध्ययन अध्यापन लगायतका समस्या समाधान गर्न एकिकृत विशेष कार्यक्रम ल्याउन नेपाल सरकारसँग माग गरेको छ ।

संयुक्त राष्ट्र संघले सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदैं आइरहेको छ । १९९८ अगस्ट ८ देखि १२ सम्म पोर्चुगलको लिस्वनमा भएको विश्वस्तरीय युवा मन्त्रीहरुको सम्मेलनले युवा नीति सम्बन्धि प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १९९९ डिसेम्वर १७ मा भएको संयुक्त राष्ट्र संघको साधारणसभाको प्रस्ताव नम्बर ५४ र १ सय २० ले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने घोषणा ग¥यो । सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरु भएको हो । नेपालमा पनि सन् २००४ बाट औपचारिक युवा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार २०:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा

काठमाडौं । झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनायो ।

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८