निर्वाचन आयोगमा आज चार दल दर्ता, शनिबार पनि आयोग खुल्ने

लोकपथ
104
Shares

काठमाडौं । आज (शुक्रबार) निर्वाचन आयोगमा चार दल दर्ता भएका छन् । आयोगले दिएको तथ्याङ्क अनुसार संघ तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि सार्वजनिक बिदाको दिन पनि उक्त संख्यामा दल दर्ता भएका हुन् ।

आज दल दर्ताको छैठौं दिनसम्म आइपुग्दा दर्ता भएका ४ दलसँगै निर्वाचन प्रयोजनका लागि दर्ता हुने पार्टीहरुको संख्या ३३ पुगेको आयोगका प्रवत्ता शालिग्राम शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार पाँच बजेपछि पनि दल दर्ताको कार्यले निरन्तरता पाइरहेको छ । भोलि शनिबार पनि आयोगमा दल दर्ता गर्न मिल्ने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?