१० आश्विन २०७९, सोमवार

इमर्जिङ्ग नेपालको ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ सम्पन्न

२०७९,श्रावण,२७,शुक्रवार १९:२०

45
Shares

काठमाडौं । इमर्जिङ्ग नेपालले एकदिने ‘प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो सातौं वार्षिक उत्वसवको अवसरमा काठमाडौंको आकामा होटलमा हिजो एक दिने प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल वर्कसप आयोजना गरेको हो ।

कार्यक्रमको अध्यक्षता इर्मजिङ्ग नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख आतिथ्यता उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले गरेका थिए ।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटल एलीस, विफिन, निफ्रा, खिम्ती–२ हाईड्रोपावरलगायत विभिन्न पुर्वाधार विकासमा लगानी गरेको छ । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पुर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए ।

उनले आगामी दिनमा विभिन्न विकासका पुर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तर्ता दिने, व्यवसायीलाई कन्सल्टीङ्ग सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तिय संस्था, क्यापीटल मार्केट र प्राइभेट फर्महरु लगाएतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार १९:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौंता भएको छ । सोमवार मेरियट होटलमा दुई बैंकबीच

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानुन व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर

ताजा समाचार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ
 २०७९,आश्विन,१०,सोमवार १९:१०
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८