१९ आश्विन २०७९, बुधबार

हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो

२०७९,श्रावण,२७,शुक्रवार १६:०९

234
Shares

काठमाडौं । आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍यो । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका लागि आफ्नो रणनीतिमा परिवर्तन गरेका छन् ।

समाचारअनुसार बक्सअफिसमा दुवै फिल्मले खराब व्यापार गरेपछि हल मालिकहरुले दुवै फिल्मको शो इच्छाअनुसार कम गर्ने निर्णय लिएका छन् । अक्षय र आमिर दुवैको फिल्म भारतका करिब १० हजार पर्दामा रिलिज गरिएको थियो ।

तर, केही स्थानमा पहिलो दिन फिल्म हेर्नकै लागि अधिकतम १० देखि १२ जनामात्र दर्शक आएका थिए । जसकारण हलका मालिकले ओवरहेडलाई बचाउन र सीमित शोमा अकुपेन्सी बढाउनका लागि दोस्रो दिन फिल्मको शो कम गर्ने निर्णय लिए ।

हाल भारतभर आमिरको फिल्मलाई १३ सय शो र अक्षयको फिल्मलाई एक हजार शो कम गरिएको छ । शुक्रबारको अकुपेन्सीको कुरा गर्दा आमिरको फिल्ममा बिहानीको शो अकुपेन्सी ८ दशमलब २७ प्रतिशत र अक्षयको फिल्मको अकुपेन्सी ७ दशमलब ६३ प्रतिशत थियो ।

एजेन्सी

प्रकाशित मिति: २०७९,श्रावण,२७,शुक्रवार १६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । यसपटकको दसैँमा लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको घरमा टीका छैन । घरमा टीका लगाउन नमिल्ने भए पनि

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४