सुखी र समृद्ध देश बनाउने जिम्मेवारी युवाको काँधमा आएको छ : मन्त्री गहतराज

लोकपथ
65
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका छन् । विकासको गतिलाई अघि बढाउन युवाहरुको आवश्यकता रहेको औल्याउँदै मन्त्री गहतराजले अहिलेका युवा पुस्ताले अघिल्लो नेतृत्वलाई गाली गर्नु नहुने बताए ।

शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्को कार्यक्रममा बोल्दै उनले देशको विकास गरेर समृद्धि बनाउन युवाहरुको जिम्मेवारी र दायित्व भएकोमा जोड दिए । उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा युवालाई आत्मसाथ गर्नुपर्नेमा बताए ।

देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताएका उनले उनले अहिलेका युवाहरुले राजनीतिक परिवर्तनको आन्दोलनको लागि रगत बगाउनु पर्ने अवस्था नभएको बताए । अघिल्लो नेतृत्वले स्थापित गरेको प्रणालीलाई गर्व गर्नुपर्ने बताएका उनले युवाहरुले समृद्धको चरण पार गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?