अस्पतालले मृत घोषणा गरेको बालक जिवितै भेटेपछि…….

राजविराज । सप्तरी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले शुक्रबार मृत घोषणा गरेको बालक शनिबार दिउँसो जिवितै भेटिएपछि अस्पताल तनावग्रस्त बनेको छ ।  

रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेको थियो । अस्पतालले मृत बालको शव गृहमा राखेका थिए ।

अस्पतालको शव गृहमा राखेको बालकको शव शनिबार परिवारले हेर्न खोज्दा अस्पतालले नदिएपछि परिवार आक्रोशित भएका थिए ।

आक्रोशित आफन्तहरुले शनिबार दिउँसो १ः३० बजेतिर अस्पतालको शव गृह तोडेर हेर्दा बालक जिवितै फेला पारेपछि स्थिति तनावग्रस्त बनेको हो ।

अहिले बालकलाई उपचारका लागि सिराहाको चोहरवास्थित सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको छ भने सगरमाथा अञ्चल अस्पताललमा बालकका आफ्न्तहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै शव गृह र आकस्मिक कक्ष तोडफोड गरेका छन् । 

सयौंको संख्यामा आफन्त र स्थानीयले अहिले अस्पताल घेराउ गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?