सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक एवं सांस्कृतिक पर्वले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्‍याउने बताएका छन् । रक्षाबन्धन, जनैपूर्णिमा तथा गाईजात्राको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

देउवाले यी पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ संकल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

रक्षाबन्धन विशेषगरी हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषहरुले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।

त्यसैगरी नेवाः संस्कृतिमा गुंपुन्ही नामले चिनिने यस पर्वमा नेपालका तराई क्षेत्रमा दाजुभाइ र दिदीबहिनीहरुले एक आपसमा राखी बाँधी आपसी भाइचारा, प्रेम र सद्भाव अभिवृद्धिका लागि शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहिआएको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?