लोकपथ टप फिप्टिन हेडलाइन्स : चुनावमा सिट बाँड्न व्यस्त नेतादेखि काेराेनाका कारण ५ जनाको मृत्युसम्म

लोकपथ
169
Shares

१.  सत्तारुढ गठबन्धनको सीट बाँडफाँट कार्यदलको बैठक सकियो, अर्को बैठक साउन ३० गते बस्ने, बैठक सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ ।

२. आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम आज पनि जारी, बिहीबारसम्म २९ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगको भनाइ ।

३. विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिन विश्वविद्यालयहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड ।

४. कृषिको उपज बढाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड ।

५. बिहिबार थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुग्यो ।

६. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबारदेखि अध्ययन सुरु गरिने, पहिलो बैठकमा समितिको आन्तरिक कार्यविधि बनाएर पारित गर्ने र संयोजक चयन गर्ने लगायतका कार्य प्राथमिकतामा ।

७. नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताहरुबीच छलफल, चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव ।

८. तालमेलका लागि एमालेसँग कुरा भएपनि नेतृत्व तयार नभएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, गठबन्धनमा रहेका चार दलबीच साझा घोषणा पत्र बने पनि एउटैै चुनाव चिन्ह नहुने स्पष्टिकरण ।

९.  ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीद्वारा फेरि आन्दोलनको घोषणा, भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने चेतावनी ।

१०. वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाका हुँदै भारतबाट पाँच हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्यो, विभिन्न जिल्लामा मल पठाउन सूरु, रासायनिक मल भित्रिने क्रम अझै जारी ।

११. निरन्तर ओरालो यात्रामा सेयर बजार, नेप्से १९ अंकले घटेर २०३७ बिन्दुमा ओर्लियो, एक अर्ब ७६ करोडको कारोबार ।

१२. इरानले जोन बोल्टनको हत्या गर्ने षडयन्त्र रचेको अमेरिकाको आरोप, बोल्टनको हत्या गर्न संयुक्त राज्य अमेरिकामा एक व्यक्तिलाई ३ लाख डलर तिर्न प्रस्ताव गरेको दाबी ।

१३. श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनका भाई पूर्वअर्थमन्त्री बेसिलमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध लम्बाइयो, सेप्टेम्बर ५ सम्म उनीहरुदलाई देश छाड्न नदिने सर्वोच्च अदालतको आदेश ।

१४. पुस ८ देखि चैत ४ गतेसम्म ए डिभिजन लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघको निर्णय, नेपाल सुपर लिगको दोस्रो संस्करण भने असोज चौथो साताबाट सुरु हुने ।

१५. नेपाली राष्ट्रिय फुटबल टोलीले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने, उक्त मैत्रीपूर्ण खेलमा मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईंलाई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?