१९ आश्विन २०७९, बुधबार

सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न चाहन्छः मन्त्री बडू

२०७९,श्रावण,२६,बिहीवार २१:३३

45
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकार निजी क्षेत्रसँग साझेदारीमा र पूर्ण विश्वासका साथ काम गर्न चाहेको भन्दै निजी क्षेत्रसँगको सहकार्यमा नै अहिलेको आर्थिक अवस्थालाई सुधार गर्न चाहेको बताए । मन्त्री बडूले सरकारले आफ्नो सीमा भित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए ।

उनले मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि बताए । साथै, अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण रुपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताए ।

बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउँदै सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको र नजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गरे । उनले विश्वासका साथ सहकार्य गर्नु र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताएका छन् ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सरकार अघि बढीरहेको बताउँदै मन्त्री बडूले निजी क्षेत्रलाई सरकारले स्थानीय तहदेखि नै चलायमान गर्न र रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने काममा प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार २१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४