उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउन अध्यक्ष गोल्छाको आग्रह

लोकपथ
65
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

उनले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकोले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए । अध्यक्ष गोल्छाले उद्योगीहरुले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह गर्दै रोजगारीलाई सहजीकरण गर्न, निर्यातलाई प्रोत्साहन गर्न, पर्यटकलाई स्वागत गर्न र राजश्व तिरेपछि पनि अपमान नगर्न सरकारसँग आग्रह गरे ।

उनले निजी क्षेत्रले सम्मानपूर्वक पाउने हक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गर्दै समस्याको समाधानका लागि स्थायी संयन्त्र बन्ने बताए । पुँजीको लागत बढीरहेकोले उद्योगको बाटो पनि सहज नभएको गोल्छाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?