एन्फाकाे विदेश विभाग प्रमुखबाट हटाइयाे विवादित पाँडेलाई

लोकपथ
0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीवार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ ।

यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ ।

वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो ।

यस्तै एन्फाले यु-१८ ललित स्मृति प्रतियोगिता, ए बी सी डिभिजन लिगको मिति तय गरेको छ ।

यस्तै, एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन् । मानार्थ अध्यक्षमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?