१० आश्विन २०७९, सोमवार

प्रहरीलाई महानिरीक्षक सिंहकाे चेतावनी : आचरण र व्यावसायिकताभन्दा बाहिर गए कारबाही हुन्छ

२०७९,श्रावण,२६,बिहीवार २१:४३

135
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरीको प्रधान कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको दाबी गरे ।

सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागु समेत गरिएको उनले उल्लेख गरेका थिए ।

मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले बताए ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले जनाए ।

कानुनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारबाही गरिने चेतावनी उनले दिएका थिए ।

कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

काठमाडौं । शिक्षाककाे हत्या गरेर फरार रहेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सिद्धिचरण–८ सल्लेरीकी

भैरहवा । रुपन्देहीमा दसैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८