मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने

लोकपथ
39
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ ।
धितोपत्र बोर्डले सार्वजनिक गरेको निर्देशिकामा मर्जर तथा एक्विजेसन भएको १५ दिनपछि सेयर कारोबार खुल्ने उल्लेख छ ।

बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४३को प्रयोजनका लागि यो निर्देशिका तयार पारेको हो। यो निर्देशिका सेबोनले तोकेको मितिदेखि लागू हुनेछ।

अहिले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार एकीकृत कारोबार नभएसम्म रोक्का हुने गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेशनको हकमा सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियम अनुसार हुने मौद्रिक नीतिमा घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?