एउटै मानिसबाट अङ्ग प्रत्यारोप गरिएका चार बिरामीमा क्यान्सर

काठमाडौं । एउटै मानिसबाट अङ्ग प्रत्यारोप गरिएका चार बिरामीमा क्यान्सर भएको छ । यो युरोपको घटना हो । दाता र चारै जना अङ्ग लिन बिरामी महिला हुन् र उनीहरुलाई स्तन क्यान्सर लाग्यो ।  

बिरामीहरुलाई प्रत्यारोपणको कयैं वर्षहरु पछि स्तन क्यान्सर भएको थियो । चार मध्य तीन जनाको मृत्यु भइसकेको छ । 

युनिभरसिटी अफ एम्स्टरड्यामको नेफ्रोलोथी (मिर्गौलासम्बन्धी अध्ययन)की प्रथ्यापक डा.फ्रेडरिके बेमेलम्यानले यो एकदमै कम हुने घटना भएको बताइन् । उक्त घटनाको अध्ययन गरेर तयार पारिएको रिपोर्र्टकी लेखिका फ्रडरिकेले आफूले प्रत्यारोपण प्रतिरोधको क्षेत्रमा २० वर्ष पछि यस्तो घटना भेटेको बताइन् । 

चिकित्सक प्रक्रियामा केही गलत हुने झिनो खतरा सधैं रहने बताउँदै उनले भनिन् ,‘पित्तथैली जस्तो साधरण प्रक्रिया गर्दा समेत प्रक्रियाको क्रममा केही हुने सानो खतरा हुन्छ ।’

५३ वर्षीया नाम नखुलाइएको महिला दाताबाट चारजनामा मिर्गौला, फोक्सो, कलेजो र मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गर्नु अघि गरिएको परिक्षणमा डोनरमा कुनै पनि चिकित्सीय गढबढी भेटिएको थिएन । 

तीन जना अङ्ग ग्रहणकर्ताहरुको शरीरमा क्यान्सर फैलिएपछि मृत्यु भइसकेको छ । चोथो बिरामी भने कयैन उपचारपछि बच्न सफल भइन् । क्यान्सरको उपचारको क्रममा उनको प्रत्यारोपित मिर्गौलानै निकालिएको थियो । 

रिपोर्टमा बेमेलम्यानले जोड दिएर भनेकी छन् कि एक पटक क्यान्सर लागिसकेपछि बिरामीलाई प्रत्यारोपित अङ्ग निकाल्दा तिनको उपचारमा एकदम सहयोग पुगेको देखियो । ‘यसले गर्दा बिरामीले प्रतिरोधात्मक प्रणाली दबाउने औषधी नखादा पनि हुन्छ र त्यसपछि स्वत पुनस्र्थापित भएको प्रतिरोधात्मक प्रणालीले ट्युमर कोषिकाहरुसँग लड्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?