१७ आश्विन २०७९, सोमवार

द इकोनोमिस्टविरुद्ध उजुरी दिँदै अभिनेत्री इनास

२०७९,श्रावण,२६,बिहीवार १८:१७

0
Shares

एजेन्सी । इराकी अभिनेत्री इनास तालेबले ब्रिटेनको प्रतिष्ठित पत्रिका द इकोनोमिस्टविरुद्ध कानुनी मुद्दा लड्ने घोषणा गरेकी छन् । पत्रिकामा हालैमात्र छापिएको एक लेख अरब विश्वका महिलाकाबारेमा लेखिएको थियो । जसमा अरबी महिलाहरू पुरुषको तुलनामा ‘मोटा’ हुने दाबी गरिएको थियो ।

‘अरबमा विश्वमा पुरुषको तुलनामा महिलाहरू अधिक मोटो किन हुन्छन् ?’ शीर्षकको लेखका लागि इनासको तस्बिर प्रयोग गरिएको थियो । उनले आफ्नो तस्बिर प्रयोग गरिएको भन्दै कानुनी बाटो अपनाउने घोषणा गरेकी हुन् ।

इराककी लोकप्रिय अभिनेत्री र टक शोकी होस्टसमेत रहेकी इनासले एक अन्तर्वार्तामा आफ्नो अनुमतिविना नै तस्बिर प्रयोग गरिएको बताइन् । उनले आफ्नो गोपनीयताको उल्लंघन भएको दाबी गरेकी छन् । उनले तस्बिरमा फोटोसप गरिएको बताएकी छन् ।

यो लेख गत जुलाईको अन्त्यमा प्रकाशित भएको थियो । जसमा इनासको तस्बिर राखिएको थियो । उनको त्यो तस्बिर नौ महिना पुरानो बेबिलोन इन्टरनेसनल फेस्टिभलमा खिचिएको थियो ।

लेखमा गरिबी र महिलाहरूलाई घरबाट निस्कन लगाइएको प्रतिबन्धका कारण पुरुषको तुलनामा अरबका महिलाहरूको तौल अधिक हुने दाबी गरिएको थियो ।

इनासले लेखले अरबका महिला र विशेष गरी इराकी महिलाको अपमान गरेको बताएकी छन् । ४२ वर्षकी इनास इराकको लोकप्रिय अभिनेत्री हुन् । जसको इन्स्टाग्राममा ९० लाख बढी फलोअर्स छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १८:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना

काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५