काठमाडौं । नाडा इभि एक्सपो २०२२ हुने भएको छ । आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा एक्सपो गर्ने निर्णय गरेको जनाएको हो ।
नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा बसेको बैठकले भदौ ६ गते देखि ९ गतेसम्म एक्सपो गर्ने जानकारी दिएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध भदौ १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको बताइएको छ ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । मिति २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले बताए ।
त्यस्तै, नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सबैबाट आवश्यक सहयोगको लागि आग्रहसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया